Loading...
१७ नक्कली डाक्टरलाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

                                                

      
काठमाडौ-अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतकाका न्यायाधीश  राजेन्द्र नेपालको इजलाशले थुनामै राखेर  अनुसन्धान गर्न अनुमती दिएको हो।

गत सोमबार  प्रहरीको केन्द्रिय अनुसन्धान  ब्युरो ९सिआइबी० काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर अवैध रुपमा काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिकलाई  पक्राउ गरेको थियो।
नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको पहलमा  सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो।
राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु पक्राउ परेका थिए।
विदेशी डाक्टर नेपालमा अभ्यास गर्न मेडिकल काउन्सिलको अनुमती लिनुपर्छ। उनीहरुले कसैले पनि मेडिकल काउन्सिलबाट अनुमती लिएका छैनन्। ठगी मुद्धामा अनुसन्धान गर्नको  लागि उनीहरुको म्याद थप गरिएको  बताइएको छ । 
Source : Ratopati

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads