Loading...
माओवादी मन्त्रीहरुले दिए राजीनामा



 नेकपा माओवदी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष  राजीनामा बुझाएका हुन् ।  
माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री  कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताए । 
पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताए । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए । 
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै  एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads