Loading...
अोली-प्रचण्डको छलफल सकियो यस्तो भयो सहमति

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
बैठकपछि संक्षिप्त प्रक्रिया दिदै प्रचण्डले भने, ‘ बैठकमा पार्टी एकता, प्रदेश सरकार गठन र राष्ट्रिय सभा गठनका विषयमा छलफल भयो, त्यसमा पनि मूख्यरुपमा पार्टी एकताका विषयमा छलफल भयो । जुन प्रकियामा हामी अगाडि बढेका छौ त्यसलाई निष्कषमा पुर्याउन विषय छलफल भयो ।
सोमबार आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गर्ने र मंगलबार एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको प्रचण्डले बताए ।
संयोजन समितिको बैठकले पार्टीको वैचारिक र संगठनात्मक काम गर्नका लागि एउटा कमिटि बनाउने र त्यसैका आधारमा सम्भव भएसम्म छिटो पार्टी एकतालाई टुंग्याउने सहमति भएको प्रचण्डले बताए ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads