Loading...
क्लिनिकको धन्दा, गर्भपतन र लागुऔषध कारोवार

 काठमाडौँको नयाँ बसपार्क नजिकै माछापोखरीमा दर्ता नै नगरी संचालन गरिएको क्लिनिकमा लागुऔषधको बिक्रीवितरण तथा अबैध गर्वपतन गरिदै आएको खुलेको छ । सफलता हेल्थ केयर प्रालि को नाममा संचालन गरिएको सो क्लिनिकमा लागुऔषध बिक्रि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा अबैध रहेको खुलेको हो । 
महानगरीय प्रहरी वृत्त बालाजु बाट खटिएको टोलीले उक्त क्लिनिकमा छापा मर्दा फेनेरागन, डाइजेपाम नोर्फिन लगाएतका प्रतिबन्धित लागुऔषध बरामद गरेको हो । प्रहरीका अनुसार क्लिनिक संचालक सपना चौधरीलाई औषधी व्यवस्था विभागको जिम्मा लगाइएको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक जनार्दन घिमिरेका अनुसार सो क्लिनिकमा गर्भपतन समेत गरिने गरेको पाईएको छ । क्लिनिकमा कोहीपनि तालिमप्राप्त नर्स नरहेको पनि प्रहरी निरीक्षक घिमिरेले बताए । 
यस बिषयमा थप अनुसन्धान भईरहेको औषधि व्यवस्था विभागले जनाएको छ । राजधानी काठमाडौ उपत्यकामै विना दर्ता चलेका क्लिकले लागू औषध कारोबार गरेको पाइएपछि प्रहरीले सर्तकता बढाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads