Loading...
यू-१९ विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हरायो

 यू-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १०० रनले पराजित गरेको छ ।

न्युजिल्याण्डमा जारी प्रतियोगिताको समूह बी अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३२८ रनको बिशाल योगफल बनाएको थियो । भारतका लागि कप्तान पृथ्वी श र मञ्जोत कालराले पहिलो विकेटका लागि कीर्तमानी १८० रनको साझेदारी गरेपछि भारतले सम्मानित योगफल बनाएको हो । शाले ९४ र कालराले ८६ रनको उत्कृष्ट पारी खेलेका थिए ।
त्यस्तै उपकप्तान शुभम गिलले ६३ रन बनाएका थिए भने अभिशेक शर्माले ८ बलमा २३ रन बनाएका थिए ।
बलिङतर्फ अष्ट्रेलियाका जेम्स एडवार्डले ९ ओभरमा ६५ रन खर्चेर ४ विकेट लिएका थिए । भारतबिरुद्ध अष्ट्रेलियाका ८ जनाले बलिङ गरेका थिए ।
३२९ रनको विजय लक्ष्य पछ्याएको अष्ट्रेलिया ४२.५ ओभरमा २२८ रनमा समेटिएपछि भारतको १०० रनको जित निश्चित भयो । अष्ट्रेलियाका ओपनर जेम्स एडवार्डले ६३ रन बनाए पनि अन्यको प्रदर्शन कमजोर देखियो । उनले ७३ रनको पारी खेले ।
एउटा एण्डबाट एडवार्डले विकेट बचाइराख्दा अर्को एण्डबाट लगातार विकेट झरिरहृयो । अष्ट्रेलियाका जोनाथन मेर्लोले ३८ र विकेटकिपर बक्टर हल्टले ३९ रन बनाएका थिए ।
बलिङतर्फ भारतका शिभम मावि र कमलेश नगरकोटीले समान ३/३ विकेट लिए । भारतका कप्तान श खेलको म्यान अफ द म्याच चुनिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads