Loading...
सुमार्गी भन्छन्- कान्तिपुरले म विरुद्ध ब्ल्याकमेलिङ गर्‍यो

काठमाडौं १ माघ- मुक्तिश्री प्रालिका अध्यक्ष एवम् व्यवसायी अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपले आफूविरुद्ध नियोजित प्रहार गरिरहेको आरोप लगाएका छन् । उनले कान्तिपुरले मिडियामार्फत ब्ल्याकमेलिङ गरिरहेको आरोप लगाएका हुन् । 
थाहा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका सुमार्गीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कान्तिपुरले आफूविरुद्ध गरेको मिडियाको दुरुपयोगबारे नेपाली पत्रकारिता जगतमा ५० वर्षपछि पनि चर्चा हुने टिप्पणीसमेत गरेका छन्।
कान्तिपुरका अध्यक्ष कैलाश सिरोयियाले मिडियाको आडमा धेरैलाई धम्काइरहेको र यसरी पीडित बनेकाहरु विस्तारै बाहिर आउने सुमार्गीको दाबी छ । यसअघि सुमार्गीले गैरकानूनी धन नेपाल भित्र्याउन लागेको भन्दै कान्तिपुरले शृङ्खलाबद्ध समाचार लेखेको थियो । 
आफूविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुरका अध्यक्ष कैलाश शिरोहियाविरुद्ध सुमार्गीले काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेका छन् । ‘कैलाश शिरोहिया ब्ल्याकमेलर हुन्, अघिल्लो दिन पत्रिकामा समाचार लेखेर कान्तिपुर टेलिभिजनमा कार्यक्रम चलाउने एकजना मसँग माफी माग्न आएका थिए,’ सुमार्गीले भने । 
सिरोहियाका कारण कयौँ व्यापारी प्रताडित रहेको उनले जिकिर गरे । ‘म गलत छु भने नङ्ग्याउनुस्, गलत छैन भने साथ दिनुस्,’ सुमार्गीले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads