Loading...
नेपालीद्वारा कुवेतमा आत्म हत्या

इरूप्से डट कम - कुवेतको हिस्को कम्पनीमा केही बर्ष देखी काम गर्दै आएका ईलामका २४ बर्षिय बासु खातीले गत जनावरी २६ तारिक,२०१८का दिन झुन्डियर आत्म हत्या गरेका छन ।

प्राप्त जानकारी अनुसार केही समय देखी अली निरास देखिने बासुले कुवेतको महाबुल्ला स्थित हिस्को कम्पनीकै आबास नजिक रुखमा झुन्डिएर आत्म हत्या गरेका हुन।

नेपाली दुताबास कुवेतले घट्नाको पुष्टी गर्दै राहदानी नं ०६४३८२६९का ईलामका बासुले आँफै आत्म हत्या गरेको कुवेत प्रहरीले दुताबासलाइ प्रारम्भिक जानकारी दिएको छ। बासुको कम्पनी तथा परिवार सँग संपर्क भइरहेको र अन्य कानुनी प्रकृया पनि चलिरहेको दुताबासले जनाएकाे छ ।   

- तीताेपाटी डट कम

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads