Loading...
जिल्ला सहकारी संघमा पुन : कार्की

Image may contain: 1 person
सन्दिप शर्मा/म्याग्दी
जिल्ला सहकारी संघ म्याग्दीको अध्यक्षमा पुनः गलेश्वर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर कार्की चयन भएका छन् । सदरमुकाम बेनीमा सम्पन्न दशौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएकोे हो ।
समितिको उपाध्यक्षमा अर्थुङ्गे बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि ज्ञानेन्द्र सुवेदी, सचिवमा दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामिछाने, कोषाध्यक्षमा दर्बाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्मा र सहसचिवमा न्यु निलगिरी बचत तथा ऋण सहकारीका प्रतिनिधि यामबहादुर खड्का निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा साहारा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष देवीप्रसाद शर्मा, संरक्षक कृषि सहकारीका अध्यक्ष निशा महत जिसी, घतान ग्रामीण बचत तथा ऋण सहकारीका प्रतिनिधि रुद्र रेग्मी, विश्वामित्र सहकारीका अध्यक्ष यामबहादुर बानियाँ, गोर्खा भूपू सैनिक सहकारीका प्रतिनिधि कृष्णबहादुर पुन रहेका छन् । त्यस्तै अधिवेशनले भीमप्रसाद गौतमको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ भने सदस्यमा अमृता भण्डारी र मुक्ती सुवेदी रहेका छन् ।
यसअघि साधारणसभाको उद्घाटन गर्दे राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले अहिले जारी भएको सहकारीसम्बन्धी ऐनलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले सहकारी संघसंस्था सहकारीको नीतिनियम र सिद्धान्त बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिँदै सहकारी अभियानमार्फत लगानीको उचित व्यवस्थापन गरी राज्यलाई समृद्विको प्रगतिपथमा लैजानुपर्ने बताएका थिए ।
जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीको अध्यक्षता, सचिव रामप्रसाद सुवेदीको सञ्चालन र उपाध्यक्ष अमृता भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला समन्य समिति म्याग्दीका सदस्य शेरबहादुर केसी र निर्वाचन मण्डलका सदस्य धुर्वराज शर्माले मन्तव्य राखेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads