Loading...
अभिभावको दायित्व के ?

No automatic alt text available.
बेनी बजारको माउण्ट एभरेष्ट आवासीय माविले अभिभावक भेला सम्पन्न गरेको छ । पूर्व प्राथमिक तह देखि कक्षा १० सम्मका अभिभावकहरु सँग अन्तरक्रिया तथा अभिभावक भेला बिहीबार सम्पन्न भएको हो । मंगलबार देखि सुरु भएको भेला तीन दिन सम्म चलेको थियो । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अभिभावकिय दायित्व विषयमा अन्तरक्रिया भएको विद्यालयका प्रिन्सीपल राजु केसीले बताए ।
विद्यालयका अभिभावकहरुलाई तीन समूहमा विभाजन गरेर तीन दिन सम्म कार्यक्रम गरिएको थियो । पहिलो दिन पूर्व प्राथमिक तह र कक्षा १०, दोश्रो दिन कक्षा १, २, ३ र कक्षा ८, ९ का अभिभावकहरुको अन्तक्रिया भएको थियो । विहीबार कक्षा ४, ५, ६, ७ का अभिभावकहरुसँग अभिभावकिय दायित्वका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा विद्यालयका शेयर सदस्यहरु लिलाबहादुर बानियाँ, प्रमोद श्रेष्ठ, हरिकुमार श्रेष्ठ, रमेश गिरी, राजेश शाक्य, किरण सापकोटा, सुविन श्रेष्ठ, चन्द्रकुमार के.सी., सुरत के.सीको उपश्थिति रहेको थियो । प्रिन्सीपल राजु केसीको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष रावलको अध्यक्षता, अभिभावक समितिका अध्यक्ष राजु बानियाँको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads