Loading...
कुवेतमा गैरकानुनी रुपमा बसोबास गर्दै अाएका बिदेशी कामदारहरूलार्इ आममाफीकाे घोषणा


इरूप्से डट कम कुवेत सरकारले आफ्नो देशमा गैरकानुनी रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरूलाई आममाफीको घोषणा गरेको छ । आगामी जनवरी २९ तारिख देखि फेब्रुवरीको २२ तारिख सम्म स्वदेश फर्किन पाउने कुवेतको अनलाईन न्युज पोर्टल आइमनमतले जनाएको छ ।


कुवेतमा गैरकानुनी रुपमा बसेर काम गरिरहेका बिदेशी कामदारहरुले सहज रुपमा आममाफी खुले संगै स्वदेश फर्कन पाउने भएका छन् । तर विभिन्न आरोपमा अदालत बाट मुद्दा लागेकाहरु भने स्वदेश फर्किन पाउने छैनन् । गैरकानुनी रुपमा बसेका कामदारहरुले स्वदेश फर्कन नचाहेमा तोकिएको रकम तिरी कानुनी रुपमा बैधानिक भएर बस्न पाउने छन् । 

 नेपाली राजदूतावास कुवेतले आममाफीको बिषयमा अधिकारिक रुपमा जानकारी आइनसकेको जनाएको छ | यस बिषयमा दूतावासबाट जानकारी आउने बित्तिकै थप समाचारहरु प्रकाशित गर्नेछौ ।


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads