Loading...
स्वराजको नेपाल भ्रमण उपयुक्त छैन : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण उपयुक्त नभएको बताएको छ । गत माघ १८ (बिहिबार) नेपाल आउन लागेकी स्वराजलाई यो भनाईले झट्का लागेको छ ।



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विषेश दुत बनेर नेपालका संभावित प्रधानमन्त्री केपी ओलीसँग सम्वन्ध सुधारको पहल गर्न आउन लागेकी स्वराजको नेपाल भ्रमण उपयुक्त समयमा नभएको माओवादी केन्द्रका अन्तराष्ट्रिय विभाग सदस्य युवराज चौलागाँईले बताएका छन् ।
मंगलबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै चौलागाँईले स्वराजको नेपाल भ्रमणले भारतप्रतिको अविश्वास बढ्ने टिप्पणी समेत गरेका छन् । चौलागाईले आफ्नो फेसबुक स्टाटसमा स्वराजको भ्रमण अहिले भन्दा नयाँ सरकार बनेपछि भारतीय प्रधानमन्त्रीको दूतको रुपमा स्वागत र शुभकामना दिनको लागि उपयुक्त हुने सुझाव दिंदै भ्रमण नगर्न दवाव समेत दिएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नयॉ सरकार बन्दै गरेको अबस्थामा उनको भ्रमण असान्दर्भिक, अनुपयुक्त र गलत देखिन्छ । नयॉ प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा मोदीको प्रतिनिधी बनेर उनी आउँदा भारतको इज्जत बढ्ने थियो । तर, कुबेलामा आएकी उनले नेपालमा भारत प्रति अविश्वास मात्रै पैदा गरेर जानेछिन् । यसले स्वयम् भारतकै अहित गर्ने छ ।’
 












भारतले नेपालमा बाम गठबन्धनको सरकार नरुचाएको चर्चा चलिरहँदा स्वराजको हुन लागेको भ्रमणलार्य राजनीतिक रुपमा अत्यन्त चासो र आलोचनात्म रुपमा लिइएको छ । भारतले स्वराजको नेपाल भ्रमणबारे सोमबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको थियो । स्वराजको अकास्मिक नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads