Loading...
कुवेतमा एम्नेष्टी खुलेको पहिलो दिन २६३ जनालाई ट्राभल डकुमेण्ट बितरण

इरूप्से डट कम -  नेपाली राजदूतावास कुवेतले कुवेतमा एम्नेष्टी खुलेको पहिलो दिन नेपाली राजदूतावास कुवेतले पहिलो दिनमा २ सय ६३ जनालाई ट्राभल डकुमेण्ट बितरण गरिएको जानकारी गराएको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनले उक्त जानकारी गराउनु भएको हो ।

लामो समय देखी एम्नेष्टीको पर्खाईमा रहेका नेपालीहरु आ-आफ्नो घर फिर्ति सहज हुने आशा लिएर दूतावास आउनेहरुको संख्या अत्याधिक रहेको थियो ।  सिमित मात्रामा रहेका दूतावासका कर्मचारीहरुलाई भ्याई नभ्याई थियो ।

दूतावासका कर्मचारीहरुको सम्पूर्ण काम कार्यवाहीहरुको निरिक्षण गर्दै कुवेतका लागी महामहिम राजदूत यज्ञबहादुर हमालले ७ वर्ष पछी आएको मौकाको कुवेतमा अवैधिनक रुपमा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरुले यस्तो मौकाको फाईदा उठाउन आव्हान समेत गर्नुभएको छ । वहाँले यो एम्नेष्टी समाप्त भएपछी गैर कानूनी रुपमा बसोवास गर्नेहरुको लागी कडा कानून आउन सक्ने भन्दै त्यस कारण पनि यो मौकाको फाईदा सबैले उठाउनु पर्नेमा जोड दिंदै सबैले गैर कानूनी रुपमा बसोवास गर्ने नेपालीहरुलाई स्वदेश फर्कन सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

कुवेत सरकारको तथ्यांक अनुसार कुवेतमा ४ हजार ५ सयको हाराहारीमा नेपालीहरु अवैधानिक रुपमा बसोवास गरिरहेका छन् ।

दूतावासबाट ट्राभल डकुमेन्ट निकाल्दा चाहिने आवश्यक कागजातहरु-
१, नागरिकताको प्रतिलिपि
२, राहदानी (पासपोर्ट) को प्रतिलिपि
३, ४*६ साईजको निलो ब्याग्राउण्डमा २ प्रति फोटो
४, अन्य कागजातहरु

के के छन् प्रकृया ?
दूतावासबाट ट्राभल डकुमेन्ट लिईसकेपछी आफूले काम गरेको एरिया या आ-आफू भागेको एरियाको पासपोर्ट अफिस (जवाजत) मा गई ट्राभल डकुमेन्ट बुझाउने । ट्राभल डकुमेन्ट बुझाई सकेपछी पासपोर्ट अफिसबाट सिधै क्लियरेन्स दिएमा टिकट काटेर घर जान सकिने तर फिंगर प्रिन्ट गर्न पठाएमा फिंगर प्रिन्टर रिपोर्ट लिएर पु:न सोही पासपोर्ट अफिसमा गई त्यहाँको निर्देशन बमोजिम गर्ने ।


जरिवाना तिरेर भिसा लगाएर बस्न चाहानेहरुले भने आफ्नो एरियाको रेसिडेन्सी अफेयर्यमा पासपोर्ट र नयाँ स्पोन्सर लिई जाने र तोकिएको जरिवाना (ग्रामा) तिरेर भिसा लगाउन सकिने नेपाली राजदूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले जानकारी गराउनु भएको छ । तर विद्रोह बिरुद्द कुनै पनि किसिमको मुद्दा हुन नहुने ।

- तीताेपाटी डट कम

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads