Loading...
भाडादर निर्धारण गर्न अनेरास्ववियुको माग

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुभाष वि‍श्वकर्मा । तस्बिर : सन्दिप शर्मा/म्याग्दी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी म्याग्दीले भाडादर निर्धारण गर्न माग गरेको छ । जिल्लाभित्र सञ्चालन हुने सवारीसाधनले उठाउने भाडा एकरुपता नभएको भन्दै ज्ञापनपत्रसहित प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको अनेरास्ववियुले जनाएको छ । 
सोमबार अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल तथा जिल्ला अध्यक्ष सुभास विश्वकर्मासहितको टोलीले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेर प्रजिअ कृष्णप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भाडादरमा एकरुपता कायम गर्न माग गरेको हो । 
म्याग्दी जिल्लाका पाँचवटा गाउँपालिकासहित ६ वटै स्थानीय तहमा भाडादरको विषयमा यात्रुलाई समेत जानकारी नभएको र सवारीचालक तथा सहचालकले आफू खुशीले भाडा असुल्ने गरेका छन् । विद्यार्थी तथा सर्वसाधारणबाट आएको यो गुनासोको सुनुवाई गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सुभास विश्वकर्माले बताए । 
ज्ञापनपत्र बुझाउँदै उनले राज्यले तोकेको ४५ प्रतिशत विद्यार्थी सहुलिय पूर्णरुपमा कार्यान्वयन गर्नका लागि समेत ध्यानाकर्षण गराएको उनले बताएका छन् । म्याग्दी जिल्लामा सञ्चालित सवारीसाधनले नेपाल सरकारले तोकेको विद्यार्थीहरुलाई दिने सहुलियत यहाँ प्राप्त नभएकोले त्यसलाई कार्यान्वयनतर्फ गए नगएको अनुगमन पनि गरिदिन आग्रह गरिएको अध्यक्ष विश्वकर्माको भनाई छ । 
ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले यातायात व्यवसायीहरुसँग आवश्यक समन्वय र छलफल गरेपछि भाडादर र विद्यार्थी सहुलियतबारे जानकारी गराउने बताएका छन् । 



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads