Loading...
एमाले नेताले देउवालाई सोधेः प्रधानमन्त्रीबाट हटेपछि के गर्नुहुन्छ

 प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका सचिव योगेश भट्टराईबीच एउटा कार्यक्रममा सँगै भेट्ने अवसर मिल्यो ।
भट्टराई पनि युवा नेता बुढापाकासँग भेट्न पाउँदा दंग परे र देउवाको नजिक पुगिहाले । उनले प्रधानमन्त्री जस्तो सम्माननिय व्याक्ति भेट्दा सिस्टाचारपूर्वक नै भेटे र हालखबर सोध्न भ्याइहाले । एमालेका चल्दाबल्दा नेता भट्टराईले प्रधानमन्त्री देउवालाई दायाँबायाँ केही सोधेनन् उनले त केही महिनामा प्रधानमन्त्रीबाट हट्दै हुनुहुन्छ त्यसपछिको समय के गर्नुहुन्छ ? भनेर अन्र्तवार्ता लिन पुगेको पत्रकार जस्तो एकै शासमा प्रश्नका ठेली तेर्साए ।
उनीहरुको भेटघाटको संयोग जुराएको थियो, नेपाल टेलिभिजनले । किनकी टेलिभिजनको ३३ औं स्थापना दिवसका अबसरमा देउवा र भट्टराईबीच एउटै मञ्चमा भेट्ने अवसर मिल्यो । भाषणमा अलि अलि छेडछाड गरेका दुवैले एकान्त ठाउँ पाउनसाथ नितान्त व्यक्तिगत कुरा गरिहाले । मन्तब्य पछिको छोटो सम्बादमा योगेशले देउवालाई सोधे, ‘अर्को महिना पछि त तपाईंलाई धेरै नै फुर्सद हुने भयो हजुर, के गरेर समय बिताउनुहुन्छ ?
देउवाले नबुझिने गरी एकै सासमा जवाफ फर्काए, ‘पार्टी काम अनि आरम’
उनको भनाईले योगेशलाई चित्त बुझेन अनि फेरी चनाखो पाराले सोधे,‘त्यतिले मात्र हुँदैन, कठोर पंचायतीकालमा राजनीतिमा लाग्नु भयो, धेरै दुःख पाउनु भयो, बहुदल आए पछि प्रायः सरकारमै रहनुभयो, गिरिजाबाबुसँग मिल्नु भयो अनि लड्नु पनि भयो, एमालेसँग लड्नु भयो अनि मिल्नु पनि भयो, माओवादीसँग पनि त्यस्तै, राजाको हुनुभयो, राजासंगै लड्नु भयो, भारत, चीन, अमेरिका लगायत धेरै अन्तरराष्ट्रिय शक्तिहरुसँग कुरा गर्नु भयो, पार्टीमा गुटका बिरुद्ध लड्नुभयो अनि आँफै गुट पनि बनाउनुभयो आदी आदी… अब त राजनीतिबाट रिटायर्ड् पनि हुने होला । अब यी सबै बिषयलाई समेटेर किताब लेख्नु पर्योो । हजुरको अनुभब हामी र आउने पुस्तालाई खुब काम लाग्छ, नढांटी लेख्ने हो भने बजारमा पनि खुब बिक्छ, पैसा पनि आऊछ ।’
पत्रकार शैलीमा प्रश्न सोधेका उनलाई देउवाले पनि पत्रकार शैलीमै प्रश्न तेर्साउँदै भने, ‘खुब मन पर्यो , प्रधानमन्त्रीबाट हटेपछि घरमा आएर खाना साना खाएर थप कुरा गरौ है ?’
त्यस्तै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रधानमन्त्री हुन्जेल भेटिएन, प्रधानमन्त्रीबाट हटेपछि चै बुडासँग भेटघाट हुने पक्का भयो ।’
Source : kathmandutoday

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads