Loading...
सरकार वाम गठबन्धन भाँड्न लाग्यो : गौतम



भक्तपुर– नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाएका छन् ।  समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताए । उनले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राखे । 
नेता गौतमले भने,“नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संविधानसभा बैठक बोलाउँछ, बैठक बस्छ, आफैं नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ ।” 
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरलाई ३ नंबर प्रदेशको राजधानी बन्नेमा कसैले नरोक्ने बताए ।  नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य दीलिप प्रजापतिले नयाँ कम्युनिष्ट पार्टी निर्माणसँगै देशको विकास निर्माणले तीव्रता लिने चर्चा गरे । 
कार्यक्रममा समय समाज प्रकाशन प्रालिले पत्रकारितामा योगदान पुर्याएवापत अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता गोपीकृष्ण ढुङ्गानालाई रु दुई हजार ५०० सहित सम्मान गरियो ।  त्यसैगरी नियमितरुपमा कथा लेखेर योगदान पु¥याएवापत पत्रकार एवं साहित्यकार रमेश गिरी, प्रकाशकुमार कार्की र शंकरबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । 
ratopati 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads