Loading...
एकल महिला समूहले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण

सरकारले एकल महिलालाई ५५ वर्षको उमेरमा भत्ता उपलब्ध गराउने निर्णयप्रति एकल महिला समूहले ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मानव अधिकारको लागि महिला, एकल महिला समूहले सो कुराको ध्यानाकर्षण गराएका हुन् ।
समूहले एकल महिलाले ६ वर्षदेखि पाउँदै आएको सुविधाबारे सरकार अनविज्ञ भएको भन्दै खेद प्रकट गरेको छ । सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि राज्यबाट सबै एकल महिलाले मासिक १ हजार भत्ता पाउँदै आएका छन् ।
२०६५ साल पुस ७ गते मानव अधिकारको लागि महिला, एकल महिला समुह र जनहित संरक्षण मञ्च (प्रो.पब्लिक) द्वारा संयुक्तरूपमा ६० वर्ष भन्दा मुनिका एकल महिलालाई पनि सामाजिक सुरक्षा भत्ता माग गर्दै रिट दायर गरेका थिए ।
तत्कालीन न्यायाधीशद्वय खिलराज रेग्मी र गिरिशचन्द्र लालको सयुक्त इजलासले ६० वर्षभन्दा मुनिका एकल महिलालाई पनि राज्यको स्रोत्त र साधानले भ्याएसम्म विधवा भत्ता प्रदान गर्नु भनी निर्देशनात्मक आदेश जारी गरेको थियो ।


एकल महिला समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘२०६८ सालदेखिनै उमेरका एकल महिलाहरूले (विधवा) सामाजिक सुरक्षा अन्तगत विधवा भत्ता ५०० हुँदै हाल १ हजार रुपैयाँ प्राप्त गर्दै आएको ब्यवहोरा जानकारी गराउँदै सरकार स्वंयम यस विषयमा अनभिज्ञ भएकोमा खेद प्रकट गर्दछौं ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads