Loading...
उम्मेदवार छनौटले दलहरूमा बढ्याे असन्तुष्टि

काठमाडाै । यही माघ २४ का लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा दलहरुले गरेको उम्मेदवार छनौटले सबै पार्टीमा असन्तुष्टि बढेको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ- प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभामा उम्मेदवार नबनाएको भन्दै कांग्रेसमा युवा नेताहरु पार्टी नेतृत्वविरुद्ध आक्रोसित भएका छन् । काम गर्ने समयमा आफूहरुलाई अवसरबाट वञ्चित गर्न खोजिएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् ।
एमालेमा पनि असन्तुष्टि उत्तिकै छ । राष्ट्रियसभामा उम्मेदवार बनाउने भनेर आवश्वासन पाएका एक दर्जन नेताहरु टिकट नपाएपछि असन्तुष्ट बनेका छन् ।
एमालेमा काठमाडौं १ मा वाम तालमेलका कारण अन्तिममा प्रतिनिधिसभामा टिकट नपाएकी केन्द्रीय सदस्य सावित्रा भुसाल, जाजरकोटमा प्रदेश सभाबाट टिकट फिर्ता गरिएका युवा संघका पूर्वमहासचिव नीरज आचार्य, झापाबाट टिकट नपाएका नेता अग्नि खरेल, पाल्पाबाट टिकट नपाएका ठाकुर गैरलगायतका दर्जनभन्दा बढी नेताले राष्ट्रियसभामा सिट पाउने अपेक्षा गरेका थिए ।
माओवादीमा पनि असन्तुष्टिहरुको ठूलै पंक्ति छ । नेकपा माओवादीमा विशेष गरेर शहीद परिवार रुष्ट भएछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads