Loading...
बलिउड अभिनेत्रीको बिबाहका औंठी कति महंगा



मुम्बई – भारतमा विवाह समारोह एक उत्सव जसरी मनाउने गरिन्छ । 
यो समारोहमा परिवारका सबै सदस्य तथा आफन्त र साथीभाईको सहभागिता  हुने गर्दछन् । बिबाहको समय सबैको ध्यान दुलही तिर हुने गर्दछ । दुलहीले लगाउने गहना बालकदेखि बृद्धसम्मको चासोको बिषय हुने गर्दछ । यसमा पनि सेलिब्रेटीको बिबाहमा गहनाले बिषेश महत्व राख्ने गरेको पाइन्छ । अहिले हामी बलिउड अभिनेत्रीले बिबाहमा लगाएका औंठीबारे चर्चा गर्दैछौंः
ऐश्वर्या राय बच्चन 
ऐश्वर्यालाई अभिषेक बच्चनले खुसी राख्न कुनै कसुर बाँकी राखेका थिएनन् । इन्गेजमेन्टको समयमा उनले ऐश्वर्यालाइ ५ करोड मूल्य पर्ने ५३ क्यारेडको हिराको औठी दिएका थिए । 
शिल्पा शेट्टी 
बलिउडकी हट अभिनेत्री शिल्पाले भारतका चर्चित ब्यवसायी टाइकुन राज कुन्द्रसँग बिबाह गरेकी थिइन् । उनको इन्गेजमेन्टमा कुद्राले तीन करोड मूल्य पर्ने २० क्यारेडको सोलिटेयर दिएका थिए ।
असिन थोतुमकल 
असिनका पे्रमी राहुल शर्मा माइक्रोम्याक्सका सिइयो रहेका छन् । उनले असिनका लागि धेरै माया दिन्थे । उनले २० क्यारेडको सोलिटेयरको औठी दिएका थिए । जसको मुख्य ६ करोड रुपया रहेको थियो । 
 
करीना कपुर खान 
सैफले पनि  करीनाको लागि प्लेटिनम ब्याण्डको सात क्यारेटको सोलिटेयर रिङ गिफ्ट दिएका थिए । बिबाहको अधिकांश समारोहमा उनलले सो रिङ छुटाएकी थिइनन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads