Loading...
एमाले, माओवादी भागबण्डा: एमालेले ४ मुख्य ४ सभामुख र माओवादीले २ मुख्य २ सभामुख

काठमाडाै । सिंहदरबारमा बसेको एमाले-माओवादी कार्यदलकाे बैठक सकिएको छ । बैठकले सिट संख्यामा अनुपातमा प्रादेशिक मन्त्रीपरिषद् कम्तिमा ७ र बढीमा ११ जना बनाउने निर्णय भएको बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- त्यस्तै, एमालेले ४ वटा र माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री पाउने सहमति भएको छ । एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने छ भने माओवादीले ६ र ७ नम्बर प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।
यता, प्रदेश सभामुख पदको भागवण्डा पनि कार्यदल बैठकले टुंग्याएको छ । १, ३, ६ र ७ नम्बर प्रदेशको सभामुखमा एमाले र ४, ५ नम्बर प्रदेशको सभामुख माओवादी पाउने गरी भागवण्डा भएको छ ।
त्यस्तै, उपसभामुखतर्फ ४ र ५ मा एमाले, १, ३, ६ र ७ मा माअाेवादीले पाउने गरी समझदारी भएको पाण्डेले बताए । प्रदेश संसदीय सतिति र मन्त्रीको अनुपात ७० र ३० प्रतिशतलाई कायम गर्ने भएको छ । भने वाम गठबन्धले मुख्यमन्त्रीलाई नै प्रादेशिक मन्त्री छान्न दिने गरी अधिरकार सुम्पिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads