Loading...
सूचनाको हक के हो ?


नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचनाको अधिकार ः लोकतन्त्रको आधार’ भन्ने मूल नारासहित सूचनाको हकसम्बन्धी विषयमा सरोकारवालाहरुबीच अन्तत्र्रिmया र छलफल गरिएको हो ।
कार्यक्रममा म्याग्दी जिल्लामा सूचनाको हक अधिकारको कार्यान्वयनको वर्तमान अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाहरुले खेल्नुपर्ने भूमिका लगायतको विविध विषयहरुमा अन्तक्र्रिया र छलफल गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । म्याग्दी जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, सरोकारवाला निकायका व्यक्तिहरुले सुशासन र आर्थिक पारदर्शिताका लागि सूचनाको हकको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
उक्त कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जवाफदेही, उत्तरदायित्व, पारदर्शिता र आर्थिक सुशासनका लागि सूचनाको हकको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । ऐनमा भएका व्यवस्थाहरुको बारेमा ध्यान दिनुपर्ने बताउँदै उनले छिटोछरितो र सरल प्रक्रियामा सहज रुपमा सूचना प्रवाह गर्नु सार्वजनिक सरोकारका निकाय तथा संघसंस्थाहरुको दायित्व भएको बताएका थिए ।
कार्यक्रममा सहभागी कार्यालय प्रमुख, सूचना अधिकारी र पत्रकारहरुले सूचनाको हकसम्बन्धी ऐनको कार्यान्वयन पक्ष कमजोर रहेको हुँदा यसलाई कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने बताए । कार्यक्रमका सहभागीहरुले भने सूचना प्रकाशनको प्रक्रियाको बारेमा सचेतना नहुनु, झण्झटिलो र खर्चिलो हुने तथा कार्यालय प्रमुखबाट सूचना अधिकारीलाई नै सबै जानकारी प्राप्त नहुने जस्ता समस्याहरुका कारणले गर्दा पनि सूचनाको हक कार्यान्वयनमा समस्या देखिएको बताएका थिए ।
सरकारी निकायमा जनशक्ति, बजेट, तालिम तथा समन्वयको अभाव, आम नागरिकमा सूचनाको हकसम्बन्धी व्यवस्थाको जानकारी नहुँदा कार्यान्वयन पक्ष फितलो भएको जनाइएको छ । कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्का, कोष नियन्त्रक छविन्द्र बेलबासे, जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ, भू–संरक्षण अधिकृत दिवाकर पौडेल, जिल्ला वन अधिकृत माधवप्रसाद देव, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठ, पत्रकार घनश्याम खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले सूचनाको हकको बारेमा सहजीकरण गरेका थिए । शाखाका अध्यक्ष शर्माको अध्यक्षता, सचिव गोरखनाथ सुवेदीको सञ्चालन र कोषाध्यक्ष हरिकृष्ण गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लास्थित क्रियाशिल पत्रकारलगायतको सहभागिता रहेको थियो ।
नागरिकले कुनै पनि सार्वजनिक महत्वको विषयका बारेमा जानकारी माग्न पाउने अधिकारको व्यवस्था सूचनाको हकसम्बन्धी ऐनमा उल्लेख गरिएको छ । तर, सरकारी कार्यालयले हरेक चौमासिकमा आफ्नो प्रगति सञ्चारमाध्यम तथा विभिन्न तरिकाले सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेपनि म्याग्दीमा त्यस्तो पाइएको छैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads