Loading...
यो गल्ती गरे काङ्ग्रेसले पार्टीलाई नै सखाप पार्नेछ

राजधानी नतोकेर प्रदेश संसदको काम केन्द्रमै अघि बढाउने सरकारको तयारी असंवैधानिक र संघीयताको मर्मविपरीत भन्दै आलोचना सुरु भएको छ।
सरकारले गृहकार्य अघि बढाएलगत्तै प्रदेश राजधानीको माग गर्दै ठाउँठाउँमा आन्दोलन सुरु भएपछि राजधानी नतोकेर प्रदेशका सांसदहरुलाई काठमाडौंमा सपथ खुवाउने, प्रदेश संसदको केही वैठक काठमाडौमै गर्ने तयारी सरकारले गरेको हो। संविधानले तोकेको जिम्मेवारी पूरा गर्न नचाहेर सरकारले असंवैधानिक काम गरेको भन्दै विज्ञहरुले विरोध गरेका छन्। संविधानविद् पूर्णमान शाक्य प्रदेशस सांसदलाई काठमाडौंमै सपथ खुवाउने कुरा संविधानको भावना विपरीत हुने तर्क गर्छन्।
प्रदेश राजधानीतोक्न सरकार डराउनुहुँदैनु शाक्य भन्छन्– प्रदेशका सांसदहरुले सम्बन्धित प्रदेशमा शपथ खानुपर्छ र प्रदेशको कार्य सम्बन्धित प्रदेशकै हुनुपर्छ।
अलोकप्रिय निर्णय नगर्ने भन्दै सरकारले प्रदेश राजधानी नतोकेर प्रदेशसभाको काम घि बढाउन खोजेको विज्ञहरुको आरोप छ। राष्ट्रियसभा निर्वाचन माघ २४ गते तोकिएका कारण त्यसअगावै प्रदेश प्रमुख नियुक्त गरी प्रदेश सांसदहरुले शपथ लिनुपर्ने बाध्यता छ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads