Loading...
एकल महिलालाई ५५ वषमै भत्ता !

नेपाली काँग्रेसका नेता एवं उपप्रधानवमन्त्री विजयकुमार गच्छदार यतिबेला दोहोरो मारमा परेका छन् । अहिले चर्चामा रहेको गत बुधबारको मन्त्रिपरिषद् बैठकले पाँच वर्ष उमेर घटाएर वृद्धभत्ता दिने निर्णयले अहिले काँग्रेस सरकारको सर्वत्र आलोचना भइरहेको छ ।
खासमा वृद्धभत्ताको उमेर घटाउने प्रस्ताव स्थानीय विकास मन्त्री गच्छदारलाई जस आइलागेको छ । गच्छदारले बुधबारको मन्त्रिपरिषद् बैठकमा जेष्ठ नागरिक भत्ताको ७० वर्षको उमेर घटाएर ६५ वर्ष बनाउने प्रस्ताव मन्त्री गच्छदारको हातमा रहेको बताइएको छ ।
गच्छदारले वृद्धहरुको मात्र उमेर घटाउने सोच बनाए पनि वाणिज्यमन्त्री मिन विश्वकर्माको दबाबमा दलित र एकल महिलाको उमेर घटाएर ५५ वर्षमा भत्ता खान मिल्ने गरी लचिलो बनाइदिए । गच्छदारले उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेपछि विश्वकर्माले पनि मौकाको फाइदा उठाइहाले र भने, ‘तपाई(गच्छदार)ले वृद्धहरुको उमेर घटाउने भए दलित र एकल महिलाको उमेर पनि घटाउनुस्,’ विश्वकर्माको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘भेदभावपूर्ण व्यवहार गर्न पाइँदैन घटाउने भए सबैको घटाउने होइन भने भत्ता पाउने उमेर यथावत राख्ने ।’
उनले यसो भनेसँगै उमेर घटाउन गच्छदाल लगायत बैठकमा उपस्थित मन्त्रीहरु राजी भएका थिए ।
कुरोको चुरो यस्तो थियो
खासमा गच्छदारले भत्ता पाउने उमेर घटाउने प्रावधान बनाएका थिएनन् । चुनाव लगत्तै राप्रपाको केन्द्रीय समितिमा उठेको जेष्ठ नागरिक भत्ताको उमेर घटाएर ६५ बर्ष पुर्याउने प्रस्तावलाई उपप्रधान तथा उर्जामन्त्री कमल थापाले समयमै अघि बढाउन नसक्दा गच्छदारको हाइहाइ भएको हो । काम चलाउ सरकार भएपनि पछिल्लो समय आफू लोकप्रिय बन्न, जिल्लाको राजनीतिमा आफ्नो हात माथि पार्न लोकप्रिय प्रस्ताव मन्त्री परिषदमा लैजाने होडबाजी मन्त्रीहरुबीच छ । जस्तो, केही समयअघि उद्योगमन्त्री सुनिलबहादुर थापाले २०३६ मा छिन्ताङ्गमा मारिएका १६ जनालाई शहीद घोषणा गर्नुपर्ने प्रस्ताव मन्त्री परिषदमा लगेका थिए, जबकि यो प्रस्ताव गृहमन्त्रीबाट लैजानु पर्ने थियो ।
राप्रपाको केन्द्रीय समितिमा उठेको यो माग थापाले मन्त्री परिषदमा लगेनन् । त्यसको दुई महिनापछि उपप्रधान तथा स्थानीय विकासमन्त्री गच्छदारले लगे । पारित पनि भयो । भत्ता दिने गरी जेष्ठ नागरिकको उमेर घटाउने यो निर्णयका बारे यतिबेला बहस चुलिएको छ । र, आफ्नो पार्टीमा उठेको मुद्धा थापाले नलगी गच्छदारले लगेर पारित गराएपछि राप्रपाका नेताहरु थपासँग आक्रोशित बन्न पुगेका छन् ।
बाणिज्यमन्त्री मीन विश्वकर्माका अनुसार, बुधबारको मन्त्री परिषदले भत्ता पाउने जेष्ठ नागरिकको मात्र होइन, दलित र एकल महिलाहरुको उमेरसमेत घटाउने निर्णय गरेको छ । उनका अनुसार, ७० बाट घटाएर भत्ता पाउने जेष्ठ नागरिकको उमेर ६५ मा झारिएपछि भत्ता पाउने दलितको उमेरपनि ६० बाट घटाएर ५५ बनाइएको छ भने एकल महिलाहरुले पनि अब ५५ बर्षमा नै भत्ता पाउने भएका छन् ।
कांग्रेस सरकारले उमेर घटाएको भन्दै कतिपय कांग्रेसीहरु देउवाको हाईहाई गरिरहेका छन् भने अन्यले बौद्धिक वर्गहरुले देशलाई आर्थिक भार बढी पर्ने भएकाले देउवाको कदम राष्ट्रघाती भएको स्रोतको दाबी छ । एमालेले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेको छ । उसले बिहीबार पत्रकार सम्मेलन गरेर उमेर घटाएर वृद्धभत्ता दिने निर्णयले देश कंगाल हुने भन्दै नयाँ सरकारले अहिलेका सबै निर्णय उल्ट्याएर लैजाने बताएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads