Loading...
निगमले चलाउन नसकेको जहाज बीबी एयरवेजका भवन भट्टले किने



 नेपाल वायुसेवा निगमले नाफाभन्दा मर्मत खर्च बढी भएको बताउँदै लिलामी गरेको विमान गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले खरिद गरेका छन् ।
९एन-एसीए कलसाइनको बोइङ-७५७ विमान भट्टले १४ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरेका हुन् । खरिदका लागि अगि्रम भुक्तानीवापत एक करोड ५० लाख रुपैयाँ बुझाएका भट्टले बाँकी रकम केही दिनअघि बुझाएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त विमान मर्मतपछि सञ्चालनमा ल्याउन करिब ८० करोड रुपैयाँ खर्च हुन्छ । अहिले नै नयाँ इन्जिन फेर्ने हो भने एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुने निगमका अधिकारीहरु बताउँछन् ।
खरिद गरिसकेको जहाजको अब छिट्टै डी-रजिस्ट्रेसन गरिने श्रेष्ठले जानकारी दिए । ‘डी-रजिस्ट्रेसनका लागि बीबी एयरवेजलाई पत्र पठाइसकेका छौं,’ उनले भने ।
मर्मतमा लाग्ने खर्च पनि उठाउन नसक्ने भएपछि निगम उक्त विमान बिक्री गर्ने निर्णयमा पुगेको थियो ।
निगमले सन् १९८७ मा खरिद गरेको विमानले चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । ८६ हजार चार सय १० घण्टा उडान भरिसकेको यो विमान अब यात्रु बोक्न उचित नभएको निगमका अधिकारीहरु बताउँछन् ।
यसलाई १७ करोड रुपैयाँमा बिक्री गर्ने निगमको शुरुवाति योजना थियो । तर, तोकिएको रकम कबोल गर्दै कुनै कम्पनी नआएपछि निगमले बीबी एयरवेजलाई १५ करोड १८ लाख रुपैयाँमा बिक्री गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads