Loading...
कांग्रेसले तोक्यो राष्ट्रियसभाका १६ उम्मेदवार

लामो समयको रस्साकसीपछि नेपाली कांग्रेसले  राष्ट्रियसभाको लागि १६ उम्मेदवार छानेको छ । कांग्रेसले प्रदेश नम्बर ४, ५, ६ र ७ बाट ४, ४ जनाको दरले चयन गरेको हो । प्रदेश नम्बर १, २ र ३ बाट भने उम्मेदवार चयन हुन बाँकी रहेको छ ।
प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि राष्ट्रियसभाको लागि महिला समूह मार्फत दिइरहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा आरजू राणा भने उम्मेदवारमा परिनन् । प्रदेश नम्बर ७ बाट बद्री पाण्डे खुला सदस्य उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे
बृन्दा राना मगर– महिला
जीतबहादुर नेपाली– दलित
प्रकाश पन्त– अपाङ्ग
प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा– महिला
मैकुलाल बाल्मीकि– दलित
लुटबहादुर खत्री– अपाङग्
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके– दलित
गोपालप्रसाद शर्मा– अपाङ्ग
प्रदेश नम्वर ७
बद्री पाण्डे– खुला
तारादेवी भट्ट– महिला
शेरी राम पार्की– दलित
छत्रराज जोशी– अपाङ्ग

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads