Loading...
कम्युनिस्ट पार्टी र समाजवाद बनाएर जानुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकताको सैद्धान्तिक आधार मार्क्सवाद, नेपाल कम्युनिस्ट पार्टी र समाजवादलाइृ बनाएर जानुपर्नेमा दुबै दलका नेताहले जोड दिएका छन् ।
नेपाल अध्ययन केन्द्रले सोमबार यहाँ आयोजना गरेको अन्तक्रियामा बोल्दै वामपन्थी नेताहरुले पार्टी एकताको सैद्धान्तिक आधार सामाजिक न्याय र सन्तुलित वितरण प्रणाली हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दुवै दलको पृष्ठभूमि विशिष्ट उल्लेख गर्दै एकताको प्रमुख आधार मार्क्सवाद, नेपाल कम्युनिस्ट पार्टी र समाजवाद बनाएर जानुपर्ने बताए ।
नेकपा एमालेका नेता घनश्याम भुसालले श्रमजीवि र मध्यम वर्गको सुरक्षाका लागि राष्ट्रिय पूँजीको विकास गर्ने कार्यदिशालाई एकताको आधार बनाउनुपर्नेमा जोड दिए । विश्लेषक हरि रोक्काले अब बन्ने बामपन्थी पार्टीले उत्पादनको स्रोत र साधनमा राज्यले नियन्त्रण गरी जनतालाई सन्तुलित वितरणको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads