Loading...
दाँतको समस्याबाट पीडित युवालाई सहयोग

Image result for दाँत
मुखको हड्डीमा गम्भीर समस्या देखिएपछि उपचार गराइरहेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका एक युवाको उपचारमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । विश्वमै दुर्लभ मानिने दाँतको समस्याबाट पीडित बुदुजालाई बेलायती मुद्रा पाउण्ड स्टर्लिङ ८३४.५१ अर्थात नेपाली करिव १ लाख १२ हजार ३७० रुपैयाँ मोना युकेका अध्यक्ष कमलबहादुर पूर्जा र कोषाध्यक्ष होम रोकाले मिम जुग्जालीलाई हस्तान्तरण गरेका छन् । 
मोना युकेको वार्षिक साधारणसभाको अवसरमा बुदुजाको पहिलो चरणको अप्रेसन गरी तल्लो सम्पूर्ण दातका हड्डी बाहिर निकालेर कृतिम राखेर उपचार भैरहेकाले थप उपचारमा आर्थिक अभाव हुन नदिन आर्थिक सङ्कलन गरिएको मोना युकेका महासचिव कुमार फगामीले बताए । नेपालमै पहिलो मानिएको रोगको पहिचान भएकाले विभिन्न चरणको अप्रेशनसहित औषधी सेवनमा समेत धेरै आर्थिक खर्च हुने भएकाले पनि थप सहयोगको आवश्यकता रहेको  पीडितका दाजु निर्मल बुदुजाले बताए ।  
करिब दुईवर्ष अगाडि मुखकोे बङ्गारा दुख्ने, दाँयातर्फको गालामा खाडल र हड्डी समेत खिजिएपछि उपचारको क्रममा बुदुजाको रोग पहिचान भएको थियो । बुदुजाको उपचारका लागि नारच्याङबाट विश्वका विभिन्न मुलुकमा पुगेकाहरुले सहयोग सङ्कलन गरिरहेका छन् । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका १७ वर्षीय बुदुजालाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले पहिलोपटक रोग पहिचानका लागि १० हजार दिएर काठमाण्डौं पठाएको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads