Loading...
म्याग्दी महोत्सवः जुत्तादेखी टोपीसम्म जिल्लाकै उत्पादन

महिला उद्यमी नेकसरा पुनले घरेलु सीप र प्रविधिको प्रयोग गरी अल्लोबाट निर्मित जुत्ताको मुल्य ग्राहकलाई जानकारी गराउँदै थिईन् । अल्लाका विभिन्न उत्पादनहरूलाई विक्री कक्षमा राखेकी पुनलाई खुट्टा देखी शीरसम्म लगाउने साम्रागी विक्री गर्न भ्याईनभ्याई छ । घरायसी कामलाई छोडेर उद्यमी बनेकी पुनले स्थापना गरेको धौलागिरी अल्लो कपडा उत्पादन तथा टे«निङ सेन्टरबाट उत्पादित साम्रागीको मागले उत्साहित छिन् ।
महोत्सवस्थलमा ११ नम्बरको स्टलमा उनले दैनिक जुत्ता देखी टोपीसम्म विक्री गर्ने गरेको बताईन्। ‘अल्लोबाट निर्मित साम्रागीको बजार ह्वात्तै बढेको छ,सामान विक्रीमा कुनैपनि समस्या छैन’ उनले भनिन् ।अल्लोबाट निर्मित समानको बजार स्वदेशमै बढेपछि माग अनु्सराको उत्पादन पु¥याउन नसकिएको उनको भनाई छ ।‘महोत्सवमा देखिएको आर्कषणले आगामी दिनमा उद्योगलाई विस्तार गर्नुपर्ने देखिन्छ’ पुनले भनिन् ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघले आयोजित छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा जिल्लाका गाउँपालिकामा उत्पादन हुने साम्रागीको बजारीकरणका लागि गाउँपालिकास्तरीय स्थलमा राखिएका साम्रागीहरूमा दर्शकको आर्कषण देखिएपछि उद्यमी उत्साहित भएका छन् ।
‘महिला उद्यमीको मेहनतले बजार पाउन थालेको छ ।स्टलबाट भइरहेको विक्रीले सन्तुष्ट छु’ अन्नपूर्ण गाउँपालिकाको उत्पादन विक्रीमा बसेकी राम्चेकी राममायाँ पुनले भनिन् ।अन्नपूर्ण गापा–८ राम्चे नांगीकी वडा सदस्य समेत रहेकी पुनले गाउँमा उत्पादन गरिएका जाम, अल्लोका कपडा, सिस्नोको पाउडर लगाएत विभिन्न साम्रागीको विक्री भइरहेको बताईन् ।
उनले एकदशक देखी महिलाले उत्पादन गरेका साम्रागीहरूको बजार खोजीमै वितेको बताउँदै विस्तारै स्थानीय उत्पादनले पाएको प्राथमिकताले उत्साहित भएको बताउँदै स्टलमै अर्डर समेत आइरहेको बताईन् ।महोत्सवमा महिला उद्यमीले बनाएको टपरी समेत विक्री भइरहेको छ । जिल्ला लघुउद्यम विकास समिति म्याग्दीको आर्थिक र प्राविधिक सहयोगमा लघुउद्यमीहरुले जंगलमा खेर गइरहेको अल्लो पुवालाई प्रशोधन गरी धागो निकालेर त्यसबाट कपडा उत्पादन गर्दै आइरहेका छन् ।
स्थानीयस्तरमा चाल्ने सिस्नो भनेर चिनिने अल्लोपुवाबाट निर्मित कपडा मजवुत,आकर्षक र न्याना हुने भएकाले पनि महोत्सवमा गाउँपालिकाका उत्पादनलाई निशुल्क विक्री गर्न स्टल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए । ‘जिल्लामा उत्पादन हुने बस्तु सबै स्टलभित्र छन् ।
आगामी दिनमा बजारीकरणमा समेत थप सहयोग पुग्नेछ’ गौतमले भने । उनले जिल्लाभित्र रहेका उद्यमीलाई उत्पादनको बजारीकरणमा सघाउन महोत्सवले प्राथमिकता दिएको बताए । बनजंगलमा खेर गएका साम्रागीहरूको बजारीकरणमा यसपटक प्राथमिकता दिएको बताउँदै महिला उद्यमीलाई सीपमुलक तालिममा समेत प्रोत्साहन गरिने बताए । महोत्सवस्थलमा मंगला, मालिका, धौलागिरी,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको स्टल रहेको छ ।
महोत्सवमा जिल्लामा उत्पादन हुँदै आइरहेको लोकल जातको सिमी, भटमास, भाङ्गो, बदाम, मुला, धजरा, सिस्नो पाउडर, आलु, जौको पिठो, फापर, जुनेली मकै, टिम्मुरलगायत स्थानीय उत्पादनलाई प्रचारप्रसार, प्रदर्शनी र बिक्री वितरणका बारेमा हरेक दिन जानकारी लिइरहेको मुल आयोजक समितिका संयोजक उत्तम कुमार कर्माचार्यले बताए।‘उद्यमीको विवरण धेरै भएपनि मेहनत गर्नेहरु विक्रीका लागि आउनुभएको छ । बाहिरी जिल्लाबाट आउने अतिथिलाई पनि जिल्लाको उत्पादनका बारेमा स्थलमै पुगेर जानकारी दिने गरेका छौ’ कर्माचार्यले भने ।
जिल्लामा करिव १४ सय उद्यमी रहेको विवरण प्राप्त भएको बताउँदै गाउँमा उत्पादित बस्तुलाई अन्र्तराष्ट्रिय बजारसम्म पु¥याउन महोत्सवले सहज भएको बताए । महोत्सवमा जिल्ला वन कार्यालयसँगको समन्वयमा जिल्लाको विभिन्न सामुदायिक वन तथा धौलागिरि हिमालय क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंले, सतुवालगायतका स्वास्थ्यबद्र्धक एवं बहुमुल्य जडिबुटीहरुको पनि प्रदर्शनी गरिएको छ ।गूर्जामा रहेको चिप्लो तथा रुमको स्लेट ढुङ्गा, राखुको खरी समेत भेट्न सकिन्छ ।
महोत्सवस्थलमा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहनेछन् माघ पहिलो सातासम्म चल्ने महोत्सवको पाँचौ दिन मंगलबारसम्म करिव ५० हजार दर्शकले अवलोकन गरेको अनुमान गरिएको छ ।महोत्सव अवधिभर करिव १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भिœयाउने लक्ष्य रहेको छ ।जिल्ला बाहिरबाट आउनेले म्याग्दीको कोशेलीको रुपमा स्थानीय उत्पादनलाई लैजाने गरेका छन् । महोत्सवमा करिव ८ करोडको कारोबार गरिने छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads