Loading...
प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा एमाले र माओवादी नेताहरुसँग छलफल





काठमाडौं-चुनाव सकिएको डेढ महिना पुग्दा पनि नतिजा आउन ढिलाई भएपछि संवाद शुरु गरिएको छ ।
आज मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी नेताहरुसँग छलफल गरेका छन् । बामगठबन्धनले सत्ता लम्बाउन प्रधानमन्त्रीले जानी जानी धेरै प्रक्रिया रोकेको आरोप लगाएका छन् ।
उता निर्वाचन आयोगले पनि आज छलफलका लागि प्रमुख पाँच दललाई बोलाएको छ ।
प्रदेश प्रमुख नियक्तिमा भएको ढिलाई, त्यसले पार्ने प्रभाव, राष्ट्रिय सभा निर्वाचनको विधि र अन्य संवैधानिक तथा कानुनी जटिलतावारे छलफलका लागि आयोगले राष्ट्रिय दललाई बोलाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको ४० दिन कटेपछि ती दुुवै सभाले पूर्णता पाएका छैनन् ।
विभिन्न कानुनी जटिलता देखाएर समानुपातिक तर्फको नतिजा रोकिएको छ ।
निर्वाचन आयोगले पुस २१ गते नै प्रदेशसभा तर्फको समानुपातिक नतिजा तयार पारेको छ । तर, सरकारले प्रदेश प्रमुख नतोक्दा रोकिएको छ ।
प्रदेशसभाको सम्पूर्ण नतिजा घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचन परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने व्यवस्था छ ।
त्यसैबीच आज नै मन्त्रिपरिषद वैठक बस्दैछ ।
वैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भवाना रहेको छ ।
हिजो मात्र प्रधानमन्त्रीले तीन दिनभित्र प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोकिने बताएका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads