Loading...
राष्ट्रपतिमा खनालको चर्चा




नेकपा  एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको छ ।
नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएको हो । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
अब बन्ने नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखमा पुन वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुखमा ओनसरी घर्तीले लबिङ थालेका छन् ।
संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने प्रावधान भएपछि भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि आफैं लबिङमा जुटेकी छन् ।
एमाले अध्यक्ष केपी ओलीले पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान लिँदै आएका छन् । तर एमालेभित्र वरिष्ठ नेता झलनाथ खनालले पनि चासो देखाएका छन् । 
एमालेभित्र नयाँ जनादेशअनुसार भण्डारीलाई नै दोस्रोपटक राष्ट्रपति बनाउनुको सट्टा वरिष्ठ नेता खनाललाई बनाउनुपर्ने दबाब ओलीमाथि परेको छ ।
राष्ट्रपति बनाउन ओली सकाररात्मक भएपछि राष्ट्रपति भण्डारीले माओपादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रभावमा पार्ने खेलमा लागेको बताइएको छ ।
केही दिनअघि राष्ट्रपतिले प्रचण्ड परिवारलाई डिनरसहितको भेटघाट गरेकी थिइन् । प्रचण्ड परिवारलाई आफ्नै निवासमा दिएको डिनर पार्टीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads