Loading...
राष्ट्रिय प्रतियोगिताका खेलाडी छनौट

पोखरामा सम्पन्न प्रथम राखेप च्याम्पियनसिप प्रतियोगिता पश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी म्याग्दीका तीनमध्ये एक खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । सोमबार र मङ्गलबार भएको उसु प्रतियोगिताको सान्दा विधातर्फ पहिलो स्थान हासिल गर्दै सञ्जीवकुमार श्रेष्ठ (सुशील) छनौट भएका हुन् । 
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको पहिलो राखेप च्याम्पियनसिपका लागि जिल्ला उसु संघ म्याग्दीबाट सहभागी तीनजना खेलाडीमध्ये सञ्जीवकुमार श्रेष्ठ (सुशील)ले प्रथम र सुशील कार्की तथा सुनिल भण्डारीले दोस्रो स्थान हासिल गरेको उसु संघ म्याग्दीका अध्यक्ष मनिराज जिसीले बताए । बिहीबारदेखि पूर्वाञ्चलको इटहरीमा प्रथम राखेप च्याम्पियनसिप अन्तर्गत उसु प्रतियोगिता हुँदैछ । 
उक्त प्रतियोगितामा भाग लिन छनौट खेलमा प्रथम भएका म्याग्दीका सञ्जीवकुमार श्रेष्ठ इटहरी जाने भएका छन् । श्रेष्ठलाई उसु संघका जिल्ला अध्यक्ष जिसीले पोखराबाट विदाई गरेका छन् । उसुको राष्ट्रिय प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रको टोली बुधबार पोखराबाट इटहरी जाने भएको छ । म्याग्दीबाट अध्यक्ष जिसी, टिमकोच भगीरथ कँडेल (विकल) सहित खेलाडीहरुलाई साथमा लिएर उनीहरु पोखरा पुगेका थिए । म्याग्दीमा उसु संघ गठन भएको एक महिनाको अवधिमै क्षेत्रबाट विजयी हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलेको हो । 






0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads