Loading...
सहमतिबिनै सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थायी मुकाम अब के हुन्छ

काठमाडाैं । मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ ।
कानूनमन्त्री यज्ञबहादुर थापाले खबरडबलीलार्इ दिएको जानकारी अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रूपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ । प्रदेश प्रमुखहरू पनि तोकिएको जानकारी मन्त्री थापाले दिए।
सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेको छ ।
प्रदेश प्रमुखहरू
१ डा. गोविन्द सुब्बा-विराटनगर
२. रत्नेश्वरलाल कायस्थ- जनकपुर
३. अनुराधा कोइराला- हेटौंडा
४. बाबुराम कुँवर-पोखरा
५.  उमाकान्त झा-रूपन्देही
६. दुर्गाप्रसाल खनाल-सुर्खेत
७. मोहनराज मल्ल-धनगढी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads