Loading...
लोकनृत्य प्रतियोगितामा नेपाल मगर संघ पोखरा प्रथम

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा आयोजित खुला लोकनृत्य प्रतियोगिताको उपाधी नेपाल मगर संघ पोखराले हात पारेको छ ।
विभिन्न ९ टिमले सहभागीता जनाएको प्रतियोगितामा आकर्षक र मौलिक लोक भाकामा नृत्य प्रस्तुत गरेका प्रतियोगिहरुलाई पछाडी पार्दै मगर संघ कास्की प्रथम, माउण्ट एभरेष्ट आवासीय मावि बेनी द्धितिय भएको खुला लोकनृत्य प्रतियोगिताका संयोजक एवम् म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगिताले जिल्लाको मौलिक कला र संस्कृतिको जर्गेनामा सहयोग पुगेको बताए ।
प्रतियोगितामा प्रथम र द्धितिय हुने कलाकारहरुको टीमलाई क्रमश ः नगद २२ हजार २२२ र ११ हजार १११ को साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । म्याग्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जिवन बहादुर विश्वकर्मा, संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल,निर्णायक प्रमुख इश्वर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम लगाएतका सांगितिक कार्यक्रमहरु प्रस्तुत भइरहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads