Loading...
ओली र दाहाल बीच तीन घण्टा लामो छलफल


 एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच तीन घण्टा लामो छलफल भएको छ । 
दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा दुई नेताबीच वान टु वान छलपल भएको थियो ।
छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए। 
आजको छलफल छलफल असाध्यै सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ । 
दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको पनि तिमिल्सिनाले बताए ।
थाइल्याण्ड जानुअघि ओली र प्रचण्डबीच गत पुष २६ गते ओली ओली निवास बालकोटमा भएको भेटबार्तापछि यो भेट भएको हो ।
दुई दलबीच राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गत पुष २५ गठन भएको संयुक्त कार्यदललाई जिम्मेवारी दिइएको थियो । 
नेताहरुको निर्देशन बमोजिम कार्यदलको बैठक बसि राष्ट्रिय सभाका उम्मेदवार,प्रदेश सरकार गठन लागायतका विषयमा प्रतिवेदन तयार पारेको कार्यदल सदस्यहरुले बताएका छन् । ratopati

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads