Loading...
फेसबुकले गर्दै छ नयाँ परिवर्तन

समाचार, व्यापार, ब्राण्ड तथा मिडिया सम्बन्धी फिडको मामलामा फेसबुकले व्यापक परिवर्तन गर्ने तयारी गरेको छ । 
फेसबुकका प्रमुख मार्क जुकरवर्गले आफ्नो फेसबुक वालमा यसको जानकारी दिएका हुन् । 
उनका अनुसार फेसबुकमाथि परिवारका सदस्यबीच तथा साथीहरुबीचको संवादलाई बढावा दिने सामाग्रीलाई प्राथमिकता दिइने छ । 
फेसबुकको माध्मबाट आफ्नो पोस्ट धेरै भन्दा धेरै मानिसमा पुराउने समाचार, व्यापारिक विषयवस्तुको लोकप्रियतामा कमी आउनसक्ने जनाएको छ । 
फेसबुकको यो वदवाल आगामी हप्तादेखि देखिने छ । 
मार्क जुकरवर्गले लेखेका छन्, हामीलाई यस्तो प्रतिक्रिया मिलेको छ की व्यापार, ब्राण्ड तथा मिडियाको पोस्टले मानिसको निजि क्षणलाई छिनिरहेको छ जसले हामीलाई एक अर्काबीच जोड्न सक्छ ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads