Loading...
प्रचण्ड-अोलीको गोप्य छलफल

फाइल फोटो
काठमाडाैं । हिजो साँझ नेकपा एमाले–नेकपा माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य छलफलको एक निर्णय खबरडबलीले प्राप्त गरेको छ । गोप्य छलफल भएको मात्र समाचार सार्वजनिक भइरहेको अवस्थामा खबरडबलीलार्इ उच्च स्रोतले दिएको सूचनाअनुसार अोली र प्रचण्डले मुख्यमन्त्री र सभामुखको नाम मोटामोटी टुङ्ग्याएका छन् ।
प्रदेश नम्बर १ र २ बाहेक अन्य ठाउँमा प्रचण्ड र अोलीले मोटामोटी सहमति गरेका हुन् । जसअनुसार प्रदेश नम्बर ३ मा एमालेकी अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर ५ मा शंकर पोखरेल, प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ७ मा पनि माओवादकीकै वीरमान चौधरी मुख्यमन्त्री बन्ने मोटामोटी सहमति गरेका हुन् । तर प्रदेश नम्बर ४ मा पृथ्वीसुब्बा गुरुङ कि किरण गुरुङ् भन्नेमा अाइतबार टुङ्ग्याउने उच्च स्रोतले खबरडबलीलार्इ जानकारी दियो ।
वाम गठबन्धनको संयुक्त कार्यदलको आइतबार दिउँसो बस्ने बैठकले मुख्यमन्त्री र सभामुखको नाम सार्वजनिक गर्ने स्रोतले जानकारी दियो । तर गठबन्धनले सोमबार सार्वजनिक गर्नसक्ने पनि स्रोतको भनाइ छ । सभामुखको नाममा पनि सहमति भएको स्रोतको दाबी छ ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads