Loading...
गठबन्धनका ३ गाँठा,मूल नेतृत्व कस्तो

काठमाडौँ ।  राष्ट्रिय सभागृहबाट असोज १७ मा बाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरुले भनेका थिए, – ‘चुनावलगत्तै पार्टी एकता गर्छौ ।’ त्यो घोषणालाई मुर्तरुप दिन ‘पार्टी’ एकता संयोजन समिति’ ले काम गर्ने भनिएको थियो ।
गठबन्धनको घोषणा सार्वजनिक गरिएको ६ बुँदे सहमतिको पहिलो बुँदामै उल्लेख भएअनुसार समिति बनेको  हो । समितिलाई पार्टी एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने जिम्मेवारी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
तर चुनावपछि उक्त समितिको एउटै बैठक बस्न सकेको छैन । बैठक बस्नुअघि दुवै दलका अध्यक्षले छलफलका औपचारिक एजेन्डा तयार गर्ने भनिएको थियो । दुवै औपचारिक एजेन्डा प्रारिम्भक खाकामा सहमति बनेको छैन ।,
मूल नेतृत्व कस्तो/कसको ?
एमाले र माओवादी केन्द्रबीच सबभन्दा ठूलो विवाद एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ । माओवादीले तत्कालका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नै प्रस्ताव गरेको छ । तर, एमालेबाट प्रधानमन्त्री हुँदा एकीकृत पार्टीको अध्यक्ष दाहाल हुनुपर्ने माओवादीको दाबी छ । यो विषयमा ओली र दाहाल आफैंले औपचारिक मुख खोलेका छैनन् । तर माओवादीका दोस्रो/तेस्रो तहका नेताले सार्वजनिक रूपमै बोलिरहेका छन् । यसबीच बसेका माओवादीका दुई बैठकले ‘सम्मानजनक एकता’ हुनुपर्ने निर्णय गरेको छ ।
‘एमाले ठूलो पार्टी भएकाले केपी ओलीले के पद लिने भन्ने तय हुनुपर्छ । ठूलो पार्टी भएकाले प्रधानमन्त्री नै हुने भएपछि पार्टीको नेतृत्व माओवादी पक्षले पाउँदा सम्मानजनक अवस्था हुन्छ भन्ने हाम्रो धारणा हो,’ माओवादी नेता देवेन्द्र पौडेलले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads