Loading...
प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उद्देश्यका साथ उहाँ नेपाल आउने तयारीमा जुटेका हुन् । मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली बिहीबार काठमाडौं आउँदै छिन् । ‘प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि नै स्वराज नेपाल आउन लागेकी हुन् । मार्चको दोस्रो साताभित्र प्रधानमन्त्रीले नेपाल भ्रमण गर्ने तयारी भइरहेको  छ।’ –काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले बताए ।
आजको नेपाल समाचारपत्रमा खबर छविगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्ध सुधार्न र नयाँ सरकारसँग फरक ढंगले सम्बन्ध विस्तार गर्न मोदी भ्रमणमा आउने ती अधिकारीले खुलासा गरे । ती अधिकारीले भने– ‘मोदीको भ्रमणको क्रममा धार्मिक भ्रमणसंगै नेपाललाई भारतले विशेष सहयोगको घोषणासमेत गर्न सक्ने छ ।’ एमाले–माओवादी नेतृत्वमा नयाँ सरकार गर्ने निधो भएपछिको अवस्थालाई भारतले सकारात्मक रूपमा लिएको सन्देश दिने मुख्य उद्देश्यका साथ अहिले स्वराजको नेपाल भ्रमण तय भएको उनले बताए ।
त्यस्तै संकेत गर्दै मोदी–ओली बीच यसअघि नै २ पटक टेलिफोन संवाद भइसकेको छ । भारतीय नाका बन्दीपछि नेपालमा गढेको भारत विरोधी धारणा र बढ्दो चिनियाँ प्रभाव घटाउन भारत आफैंले अहिले स्वराज भ्रमणको तयारी गरेको बताइएको छ ।
ओली नेतृत्वमा नयाँ सरकार गठन हुने निधो भएपछि दुवै पूर्व समकक्षीहरूले विगतको तुष बिर्सिएर अघि बढ्नुको विकल्प नभएको टिप्पणीसमेत गरिन थालिएको छ ।
मोदी पछिल्लो टेलिफोन संवादमा ओलीलाई प्रधानमन्त्री पदको अग्रिम शुभकामना दिइसकेका छन् भने ओलीले पनि मोदीलाई नेपालका धार्मिक स्थलहरूको भ्रमण गर्ने निम्तो दिदै सम्बन्ध सुधारको संकेत गरिसकेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads