Loading...
अस्थायी राजधानीबारे माअोवादीले दियो कडा चेतावनी

दाङ । प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकेको प्रति नेकपा माओवादी केन्द्र दाङले तीब्र आपत्ति जनाएदै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी सरकारलाई दिएको छ ।
प्रदेशको अस्थायी मुकाम तोक्ने सन्दर्भमा देउवा नेतृत्वको सरकारले गरेको असन्तुलित, अविवेकी, अदुरदर्शी, असंवेदनशिल र अक्षम निर्णयको नेकपा माओवादी केन्द्र दाङले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
बर्तमान कामचलाउ सरकारमा हालीमुहाली गरिरहेका केही नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि राजधानी जस्तो संबेदनशील कुरालाई प्रदेशको एउटा कुनामा लगेर राख्ने निर्णय गरेपछि माओवादी केन्द्र दाङले यस्तो चेतावनी दिएको हो ।
दाङमा आन्दोलन चर्किरहेकाबेला नेकपा माओवादी केन्द्र दाङको आकस्मिक सचिवालय बैठक बसी आन्दोलनलाई आफ्नो पार्टीको तर्फबाट थप ससक्त पार्ने निर्णय गरेको दाङ जिल्लाका सह इन्चार्ज निर्मल आचार्यले बताए ।
बैठकले आन्दोलन लाई घनिभूत र थप ससक्त बनाउन विभिन्न क्षेत्रमा आफ्ना नेतालाई आन्दोलनको नेतृत्व गर्न जिम्मेवारी ताकेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads