Loading...
एक वृद्ध गरीबीका कारण माटो खाएर बाँच्न बाध्य

 भारतको झारखण्ड राज्यमा भोकमरीको विषयमा राजनीति तातेको छ । शुक्रवार सार्वजनिक भएको एक अचम्मको मामिलाले राज्यमा बढ्दो गरीबीलाई दर्शाएको छ ।

त्यहाँका एक वृद्ध व्यक्तिले गरीबीका कारण माटो खाएर बाँच्न बाध्य भएका छन् । यी १०० वर्षीयले आफ्नो शरीरलाई माटोको लत लागेकाले उनी माटोविना बाँच्न नसक्ने बताएका छन् । 

झारखण्डको साहेबजंग निवासी करु पासवानले माटो खाएको देखेपछि मानिसहरूले आश्चर्य मान्दै उनलाई सोधे । करुका अनुसार, चरम गरीबीका कारण पेट भर्नलाई भोजन नपाएर उनी माटो खान बाध्य भएका हुन् । 

एघार वर्षको उमेरदेखि माटो खान थालेका उनले पछि यसलाई दैनिक आहारको अंग बनाए । 

अहिले त करु माटो नखाई बाँच्नै सक्दैनन् । करुसँग माटोको खाली भाँडो र अलिकति सुकेको माटो छ । 

झारखण्डमा भोकमरीका कारण सन् २०१७ को अक्टोबरमा ११ वर्षीया बच्चीको ज्यान गएको थियो । 

बच्चीको आमाले बताएअनुसार, आधार कार्ड नभएकाले उनलाई रासन दिइएन । 

त्यसपछि राज्यमा लगातार चारवटा मृत्यु भयो तर प्रशासनले हरेकचोटि भोकमरीबाट भएको मृत्युलाई खारेज गर्दै आएको छ । 

एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads