Loading...
छैटौं म्याग्दी महोत्सव : बिहिबार देखी हेलिकप्टर सफारी

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा बिहिबार देखी हेलिकप्टरबाट जिल्लाका विभिन्न पर्यटकीयस्थलको अवलोकन गर्न पाइने भएको छ । म्याग्दी लर्वस यूवा क्लवले महोत्सवस्थल बाहिर टिकट विक्री सुरु गरेको छौटौं दिनसम्मको बुकिङको आधारमा बिहिबारबाट उडान सुरु गर्ने क्लवले जनाएको छ ।
हेलिकप्टर सफारीमा छोटो दुरीको प्याकेज ७ हजार रुपैयाँमा बेनी नगरपालिका र रघुगंगा गाउँपालिका, मध्यम दुरीको प्याकेज १० हजारमा बेनी नगरपालिका, रघुगंगा र अन्नपुर्ण गाउँपालिकाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका र लामो दुरी प्रतिब्यक्ति १४ हजारमा जिल्लाको अधिकांस क्षेत्रमा घुम्ने सुविधा रहेको क्लवका सचिव सागर बरुवालले बताए । ‘ स्पेशल प्याकेजको सुविधा पनि छ । हेलिकप्टर सफारी गरी अनुभव लिन अनुरोध गर्दछौ’ बरुवालले बेनीअनलाइनलाई भने ।
उनका अनुसार ढोरपाटन र गुर्जासम्म पुग्न प्रतिब्यक्ति २९ हजार शुल्क लाग्ने छ भने घोरेपानी पुगेर पाँच मिनेट पुनहिलमा फोटो खिच्ने सुविधामा ३५ हजार लाग्ने बताए । क्लवले प्रभु कम्पनीसंग सम्झौता गरेको छ । यस अगाडीको महोत्सवमा समेत हेलिकप्टर ल्याइएको थियो । महोत्सवमा जल, हवाई र घोडा सफारी आर्कषक मानिएका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads