Loading...
म्याग्दी महोत्सव

: नदीमा जलयात्रा, पहाडमा घोडा सफारी

म्याग्दी महोत्सवको अवलोकनमा आउने दर्शकले यसपटक पहिलोपटक घोडा सफारीको मच्जा लिइरहेका छन् ।आन्तरिक पर्यटनलाई प्रर्वधन गर्ने उद्देश्यले आयोजित महोत्सवमा महोत्सवस्थलबाट नजिक करिव आधा घण्टाको दुरीमा रहेको पर्यटकीयस्थ लभ्लीहिलसम्म घोडा सफारीको सुविधा रहेको छ ।
पछिल्लो समय पूर्वाधार निर्माणसंगै चहलपहल हुने लभ्लीहिलमा पुग्न आवश्यकता अनुसार घोडाको ब्यवस्था गरिने ब्यवसायी कृष्ण न्यौपाने बताए ।‘घोडाचढी पर्यटकलाई आर्कषित गर्न सेवा हो ।मैले यहाँको भविस्य राम्रो देखेको छु‘ न्यौपानेले भने । प्रतिब्यक्ति ५ सय शुल्क लाग्ने छ ।उनले म्याग्दी उद्योग वाणिज्य संघको सहयोगमा महोत्सव अवधिभर सञ्चालन गरिने र त्यसपछि पनि यसलाई निरन्तरता दिने बताए।
घोडामा चढेर लभ्लीहिलसम्म पुग्न सजिलो छ ।घोडाबाटै बेनीबजारको दृष्य समेत अवलोकन गर्न सकिने भएकाले पनि महोत्सवको अवलोकनकर्तालाई सहज हुने बताए । महोत्सवको पहिलो र दोस्रो दिन घोडा दिनभरी सञ्चालन गरिएको बताए।बेनीबाट लभ्लीहिलसम्म पुगेर करिव १५ मिनेट लभ्लीहिलमा घुम्ने र फर्किने बेलामा लभ्लीहिल हुदै मंगलाघाटबाट फर्कने बताए । एउटै रूटबाट आवतजावत नगर्ने गरी तय गरिएको छ ।पछिल्लो समय घोडा सफारीले पर्यटकको ध्यान तान्न सफल भएकाले पनि महोत्सवको आर्कषणको रुपमा हेरिएको छ ।
महोत्सवमा ४ वटा घोडासंगै आवश्यकता अनुसार १० वटासम्म ब्यवस्था मिलाउन सकिने बताएका छन् । घोडा सफारीले परिवार र समुहलाई आर्कषित गर्ने संयोजक गणेश श्रेष्ठले बताए।महोत्सवमा घोडा पहाडमा उक्लिदै गर्दा सिउसिउ जाडोमा कालिगण्डकी नदीमा जलयात्राको मज्जा लिने सुविधा पनि छ ।जलयात्राका लागि प्रख्यात कालिगण्डकीमा हरेक महोत्सवमा जलयात्रा गर्ने गरिएकाले पनि साना बालबालिका देखी बृद्धबृद्धाको आर्कषण हुन्छ ।
प्रतिब्यक्ति ५ रुपैयाँ तय गरिएको जलयात्रा धार्मिकस्थल जलेश्वरबाट थकाली सेवा समाजको घरमा रोकिने बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले बताए । छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनीएको कालीगण्डकी नदीको पर्वत, बागलुङ खण्डमा ब्यवसायीक रुपमा सञ्चालन गरिने गरेको भएपनि म्याग्दी र बेनी आसपासबाट बग्ने कालिगण्डकीमा फाटफुट विदेशी पर्यटकले ¥याफटिङ्ग गर्ने गरेका थिए ।
लामो, समथर र कम बहाब भएकाले पनि कालिगण्डकीका साथै म्याग्दी नदीमा समेत जलयात्राको सम्भावना रहेको छ । एक पटक १० जनासम्म चढ्न मिल्छ ।कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटकहरु आर्कषित हुने गरेका छन्।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads