Loading...
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान द्वारा धौलागिरिका सांसदलाई सम्मान


राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरि अञ्चल कार्यसमितिले धौलागिरीबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ ।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण श्रस्टाको सम्मान नब प्रतिभाको प्रोत्साहन भन्ने नाराका साथ भएको कार्यक्रममा बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य डाक्टर सुर्य पाठक, क्षेत्र नम्बर २ का देबेन्द्र पौडेल, पर्बत जिल्लाका प्रतिनिधि सभा सदस्य पदम गिरी, म्याग्दी जिल्लाका प्रतिनिधि सभा सदस्य भुपेन्द्र खड्का, बागलुङका प्रदेश सभा सदस्य चन्द्रबहादुर बुढा, पर्वतका प्रदेश सांसद नेत्र अधिकारी,म्याग्दीका प्रदेश सांसद बिनोद केसी, नरदेबी पुन, मुस्ताङका प्रदेश सांसद ईन्द्रधारा बिष्टलाई सम्मान पत्र र दोसल्ला लगाएर बधाई तथा सम्मान गरिएको थियो ।
कलाकार र कलाकारितालाई राज्यका तर्फबाट हेर्ने दृष्टिकोण नकरात्मक भएको र यथेष्ट सम्बोधन हुन नसकेको अवस्थालाई ध्यानमा राखेर सांसदहरुलाई कलाकारिताको सम्मानका लागि संसदमा आवाज उठाउन र नीति निर्माणमा समेत भुमिका खेल्न ध्यानाकर्षण गराउने उद्धेश्यले अञ्चलका सबै सांसदलाई एक साथ बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अञ्चल अध्यक्ष राजेन्द्र सापकोटाले बताए  ।
कार्यक्रममा सबै सांसदका तर्फबाट सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य देबेन्द्र पौडेलले भोलिका दिनमा गठन हुने सरकारबाट कलाकारिता क्षेत्रको विकासका लागि कलाकारमैत्री कार्यक्रम र सहयोग गर्ने बाताबरण बनाउन भुमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, पर्बत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम लामिछाने, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका केन्द्रीय सदस्य जीवन दाहाल, प्रदेश संयोजक तारापति सुवेदी लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
बागलुङ, पर्वत र म्याग्दीका कलाकारहरुको सहभागिता रहेको कार्यक्रममा सांगितिक प्रस्तुति पनि गरिएको थियो । कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरिका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष कृष्ण अखेलीको स्वागत मन्तव्य र महासचिव पुर्ण परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads