Loading...
हिरासत भित्रै झुण्डिएर आत्महत्या

काठमाडाैं । प्रहरी हिरासतमै एक व्यक्तिले आत्महत्या गरेका छन् । झापा गौरीगञ्ज गाउँपालिका–३ का ५१ वर्षीय हरिनारायण यादवले हिरासतभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।
अाजकाे नयाँ पत्रिकामा खबर छ-यादव सार्वजनिक अपराध मुद्दामा विगत १८ दिनदेखि इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा थिए । प्रहरी कार्यालयको शौचालयभित्र आफैँले ओढ्ने गम्छा च्यातेर पासो लगाइ यादवले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
डिएसपी बस्नेतका अनुसार यादवलाई आइतबार बिहान ८ बजे शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएको थियो । गाउँमा झैझगडा गरेको भन्दै स्थानीय यादव रिजालले जाहेरी दिएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads