Loading...
प्रदेश प्रमुख र अस्थायी राजधानी (सूची सहित)

काठमाडौँ ।  सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।  मन्त्रीपरिषद्को बैठकले ७ वटै प्रदेशको अस्थायी प्रादेशिक राजधानी तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अस्थायी मुकाम तोकेको हो ।

यि हुन् अस्थायी मुकाम

प्रदेश १ विराटनगर
प्रदेश २ जनकपुर
प्रदेश ३ हेटौंडा
प्रदेश ४ पोखरा
प्रदेश ५ रुपन्देही
प्रदेश ६ सुर्खेत
प्रदेश ७ कैलाली
त्यस्तै, सरकारले प्रदेश प्रमुखको पनि टुंगो लगाएको छ ।

यि हुन् प्रदेश प्रमुख बन्नेहरु :

प्रदेश १ गोविन्द सुब्बा
प्रदेश २ रत्नेश्वर लाल कायस्थ
प्रदेश ३ अनुराधा कोइराला
प्रदेश ४ बाबुराम कुँवर
प्रदेश ५ उमाकान्त झा
प्रदेश ६ दुर्गाकेशर खनाल
प्रदेश ७ मोहनराज मल्ल

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads