Loading...
देउवालार्इ प्रचण्डको कडा चेतावनी

फाइल फाेटाे
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रादेशिक राजधानी अध्ययन नगरी तोकिए उल्ट्याउने चेतावनी दिएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारले अध्ययन गरेर मात्र प्रदेश राजधानी तोक्नु पर्नेमा जोड दिएका हुन् । सँगै उनले प्रदेश प्रमुखको नियुक्तिमा समेत सरकारले प्रमुख दलसँग सहमति नगरे त्यो स्वीकार्य नहुने बताएका छन् ।
दाहालले भूगोल, जनसंख्या र अनुकूलताको अध्ययन गरेर राजधानी तोक्नुपर्नेमा जोड दिए । ‘अहिले तोक्ने भनेको अस्थाई केन्द्र मात्र हो , अन्तिम निर्णय प्रदेश सभाको बैठकले गर्छ’, उनले भने, ‘सरकारले अध्ययन गरेर ठीक तोके समर्थन हुन्छ, नत्र प्रदेश सभाले निर्णय गर्छ ।’
अध्यक्ष दाहालले सरकार गठनअघि नै पार्टी एकता हुनेसमेत बताएका छन् । उनले नेतृत्व तहमा सकारात्मक छलफल भइरहेकाले पार्टी एकताको विषयमा जथाभावी नबोल्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारी बाँढेर एकता गर्ने बताउँदै भने, ‘ अध्यक्ष र प्रधानमन्त्री पदमा विवाद छैन । बाँढेरै लिने सहमति छ ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads