Loading...
एमाले–माओवादी भागबण्डा सकियो कसलाई कति सिट ?

काठमाडौं । नेकपा एमालेृ र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकले राष्ट्रिय सभाका ५६ सदस्यमध्ये ४३ सिटमामात्र उम्मेदवारी दिने निर्णय गरेको छ ।
बैठकले एमाले–माओवादी केन्द्रले पाउने सिटसंख्यासमेत बाँडफाँड गरेको छ । निर्वाचत हुने राष्ट्रिय सभाका ५६ स्थानमध्ये उनीहरुले ४३ सदस्यका लागि मात्र उम्मेदवारी दिने निर्णय भएपछि एमालेले २९ स्थान र माओवादी केन्द्रको भागमा १४ परेको छ। ४३ सिटमा हामीले जित्ने पक्का भएकाले त्यसमा उम्मेदवारी दिने तयारी गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।
राष्ट्रिय सभा निर्वाचनका सम्बन्धमा निर्णय गर्न बनेको संयुक्त कार्यदलले यो निर्णय गरेको हो।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads