Loading...
एमाले–माओवादीबीच भागबण्डा मिल्यो, कुन प्रदेशमा को ?

Image result for kp an prachanda
नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारको मुख्यमन्त्री र प्रदेश सभाको सभामुखमा पद बाँडफाँटमा सहमति भएको छ । सहमति अनुसार एमालेले ४ र माओवादीले दुईवटा मुख्यमन्त्री पाउने छ । 
एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा आइतवार बसेको कार्यदलको बैठकमा सहमति जुटाएको हो । सहमति अनुसार प्रदेश नंम्बर १, ३, ४ र ५ मा एमाले तथा प्रदेश नंम्बर ६ र ७ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने निर्णय भएको एमाले नेता एवं कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए । 
२ नम्बर प्रदेशमा भने मधेस केन्द्रीत दलहरुले सरकार बनाउने तरखर गरेका छन् । 
दुई दलबीच प्रदेशको सभामुखमा पनि ४ वटा एमाले र दुईवटा माओवादीले पाउने सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख पाउने भएको छ भने प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउने सहमति कार्यदलमा भएको छ । यसअघि माओवादीले चारवटा प्रदेशमा सभामुख दावी गरेको थियो ।
एमालेले सभामुख पाएको ठाउमा माओवादीले उपसभामुख र माओवादीले सभामुख पाएको प्रदेशमा एमालेको उपसभामुख बन्ने छन् । 
कार्यदलको बैठक अघि आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य भेटवार्ता भएको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads