Loading...
एमाले–माअ‍ोवादी एकता हुन्छ या हुँदैन भन्नेमा आशंका

ओली बिरामी
एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था लामो समयदेखि ठीक छैन । पार्टी अध्यक्षमा निर्वाचित हुँदा उनले भनेका थिए, ‘म सँग लामो समय छैन, त्यसैले छोटो समयमै धेरै गर्नु छ ।’ उनका यी शब्दहरु बारम्बार दोहरिदै आएका छन् । वाम गठबन्धनको बहुमतपछि उनी प्रधानमन्त्री बन्ने चर्चासँगै ओलीले यो कुरा फेरि दोहर्याएका थिए । र, अहिले उनी बिरामी छन् ।
उनी यतिसम्म बिरामी भएका छन् कि पार्टी एकताका विषयमा छलफल गर्न सक्ने अवस्था पनि छैन । एकमालेन ेताहरु नै स्वीकार्छन, ‘पार्टी अध्यक्षलाई विसञ्चो भएका कारण पार्टी एकताबारे छलफल हुन नसकेको हो ।’ ओलीको स्वास्थ्इ अवस्था के–कस्तो, उनलाई के भएको हो भन्ने सार्वजनिक नभएपनि उनी धेरै रोगी भएकाले यसलाई स्वभाविक रुपमा लिइएको छ ।
मृर्गौला प्त्यारोपण गरेका ओली बेलाबेला बिरामी परिरहन्छन् । बाथ रोग र युरिक एसिडका कारण पनि उनी पीडित छन् । ओलीले ६ महिनाको अन्तरालमा थाइल्याण्डमा नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् । उनीमा देशप्रति माया भए तापनि स्वास्थ्यका कारण देश हाँक्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न धेरैमा छ ।
प्रचण्ड प्रधानमन्त्री
एमालेसँग पार्टी एकता नहुने भएपछि प्रचण्ड प्रधानमन्त्री हुने निश्चित छ । एमालेले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै हडप्न खोजेको खण्डमा माओवादीले त्यसलाई धोका सम्झनेछ र, कांग्रेससँग हात मिलाउने सम्भावना छ । कांग्रेस–माओवादी गठबन्धनमा मधेसवादी दलले साथ दिनेछन् र बहुमतको सरकार बन्नेछ ।
त्यसबाहेक अर्को विकल्प भनेको एमाले–माओवादी गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने हो । पार्टी एकता नभएपछि माओवादी कांग्रेससँग मिल्न जाने भय एमालेमा हुनेछ । यस्तो भएमा ऊ पाँच वर्ष सरकारमा सहभागी नहुने निश्चित छ । त्यसैले एमालेसँग प्रचण्डलाई स्वीकार्नुबाहेकको अर्को विकल्प हुने छैन ।
काठमाडौं टुडेबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads