Loading...
कारागारबाट भागेका टिकाबहादुर थापा टिकेलाई प्रहरीले चलाएको गोली लागेर घाइते

काठमाडौं । माघ ४ गते डिल्लीबजार कारागारबाट भागेका टिकाबहादुर थापा टिके प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा रहेको ओमसाइ पेट्रोल पम्प अगाडि पक्राउ गर्न खोज्दा टिकेले प्रहरीमाथि गोली प्रहार गरेका थिए। प्रहरीले गरेको जवाफी फायरिङमा उनको उनलार्इ दुर्इ गोली लागेको बताइएको छ । प्रहरीका अनुसार टिकेको तिघ्रा र हातमा गोली लागेको छ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेकेा छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads