Loading...
माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले आज सामूहिक राजीनामा दिने भएका छन् ।
माओवादी मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरिरहेको विनाविभागीय मन्त्री एवं माओवादी नेता महेन्द्र बहादुर शाहीले बताए । उनका अनुसार सरकारमा माओवादीका तर्फबाट नेतृत्व गेका नेता कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले गीरीराजमणी पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी छ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads